नियम १०
मूल नियमावलीमा नियम १३क. थप
मूल नियमावलीको नियम १३ पछि देहायको नियम १३क. थपिएको छ ः–
“१३क. रिक्त पदको विवरण ः रिक्त रहेका र चालू आर्थिक वर्ष भरिमा उमेरका आधारमा
अनिवार्य अवकाश हुने राजपत्र अनङ्कित निजामती कर्मचारीहरुको विवरण तयार गरी
सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले सो विवरण सम्बन्धित कार्यालय, जिल्ला
प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयको सूचना पाटीमा प्रकाशन गरी
पदपूर्तिको लागि साउन महिनाको पन्ध्र गते सम्ममा लोक सेवा आयोगमा पठाउनु पर्नेछ ।”